images
images
  • बजेट कार्यान्वयनको सम्भावना छैन : राजेन्द्र लिङ्देन

    काठमाडौं- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयन हुनै नसक्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले उक्त कुरा बताएका हुन ।

    बजेटमा मूल्यवृद्धि नियन्त्रण गर्न र देशकै आर्थिक संकट टार्न सक्ने कार्यक्रम नभएको भन्दै उनले बजेट मूल्यवृद्धि नियन्त्रण, देशकै आर्थिक संकट टार्नेदेखि जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने खालको नरहेको बताए ।

    बजेट कार्यान्वयन हुनै नसक्ने भन्दै उनले बजेट कार्यान्वयनकै चरणमा अर्काे सरकार आउने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images