काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले नेपाली कांग्रेसलाई चाँडो चुनाव चाहिएको बताएका छन्। गठबन्धन नामक ‘गलगाँड’ हटाउन कांग्रेसलाई चाँडो चुनाव चाहिएको पाण्डेको टिप्पणी छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै पाण्डेले संकट एकातिर भएपनि बजेट अर्कोतिर भएको टिप्पणी गरे।
वृद्धभत्ता एमालेको ब्रान्ड रहेको बताउँदै त्यसको उमेर घटुवाले गठबन्धनका दललाई लाभ हुने उनको भनाइ छ। उनले भने,’तपाईं उमेर ५८ होइन, ६८ पुर्याउनोस्। एमालेलाई नै ताली ठोक्छन् । तपाईंले ५ हजार पुर्याउँछु भनेर घोषणापत्रमा बोलेको होइन, किन पुर्याइएन?’
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















