काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार डिजेल र पेट्रोलमा लिटरमा १० र१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको हो ।
डिजेल र पेट्रोलमा लिटरमा १० १० रुपैयाले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पठाइएको स्रोतले जनाएको छ । अब मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग तथा वाणिज्य मन्त्रालयले गर्ने पनि मन्त्रालयले जनाएको छ ।
डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै अब मूल्य पनि समायोजना हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















