images
images
  • इन्धनमा १० रुपैयाँ कर घटाउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति

    काठमाडौं- अन्ततः पेट्रोलियम पदार्थको कर घट्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागिएको हो ।

    यही जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयले जनाएको छ ।

    यद्यपि, कुन शीर्षकको कर कति घटाउने भन्ने निर्णय अहिले नै भइनसकेको भइसकेको स्रोतको भनाइ छ । सरकारले हाल उठाउँदै आएको बुढीगण्डकी जलविद्युत आयोजनाको नाममा अतिरिक्त प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर र भन्सार शुल्कबाटै प्रतिलिटर ५-५ रुपैयाँका दरले कर घटाउने गृहकार्य भइरहेको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images