images
images
  • भरतपुरमा जन्मिने छोरीलाई निशुल्क बीमा, ७ हजार लिटरसम्म खानेपानी निशुल्क

    काठमाडौं- भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले बुधबार विहान पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्वपुर्ण निर्णय गर्नु भएको छ ।

    उहाँले अब भरतपुरमा जन्मिने छोरीलाई नि शुल्क बीमा गरिने पहिलो निर्णय गर्नु भयो भने भरतपुरभित्र ७ हजार लिटर सम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क गरिने बताउनुभयो ।

    छोरीलाई गरिने बीमा रु एक लाखको १५ वर्ष अवधिको हुनेछ । त्यस्तै ७ हजार लिटर सम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने उल्लेख गर्नु भयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images