images
images
  • पेट्रोलियमको मूल्यवृद्धि : संसदमा एमालेले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

    काठमाडौं । नेकपा (एमाले) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विषयमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । मंगलबार संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    “जनताको ढाड सेक्ने गरी प्रचलित नियम, कानुन, निर्देशिकाविपरीत अनेकन् विकल्प हुँदाहुँदै पनि बदनियतपूर्वक गरिएको मूल्यवृद्धिको विषयमा प्रतिनिधिसभामा व्यापक छलफल गर्ने गरी यो प्रस्ताव दर्ता गरिएको हो,” उनले भने ।

    भट्टराई प्रस्तावक रहेको प्रस्तावमा एमाले सांसद यज्ञराज सुनुवार, गणेश पहाडी र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन समर्थक रहेका छन् ।

    1 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images