काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाइ स्थापितसँग २४ घन्टे स्पष्टीकरण मागेको हो ।
यही वैशाख १५ गते काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी एक महिलाले प्रश्न सोधेकी थिइन् । प्रश्नकर्तालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिका सम्बन्धमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जबाफ फर्काएका थिए । आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो ।
पत्र बुझेको चौबिस घन्टाभित्र स्थापितले स्पष्टीकरण आयोगसमक्ष बुझाउनु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















