काठमाडौं- काठमाडौंको धरहरा क्षेत्रमा सवारी साधन पार्किङको सञ्चालन र व्यवस्थापन काठमाडौं महानगरपालिका प्रहरी बललेले गर्ने भएको छ ।
शुक्रबार धरहरा क्षेत्रमा बसेको नेपाल सरकार र काठमाडौं महानगरबीचको छलफलमा धरहरा क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा महानगरलाई नै दिने सहमति भएको हो ।
त्यसको सुरक्षासहितका बाँकी प्रबन्ध पनि नगरप्रहरीले नै गर्ने भएको छ ।
बैठकले धरहरा क्षेत्रको सञ्चालन गर्नको लागि तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन, प्रारूप सम्बन्धमा अध्ययन विश्लेषण गर्न समिति गठनको निर्णय भएको छ ।
जसका लागि अध्ययन, विश्लेषण र सुझावसहितको प्रतिवेदन पेस गर्न सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले तोकेका पदाधिकारीको संयुक्त समिति गठन गर्ने निर्णय भएको छ ।
धराहराको बाहिरी संरचनाका सम्बन्धमा आवश्यक र उपयुक्त कार्य गर्न काठमाडौं महानगरलाई जिम्मा दिने निर्णय भएको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।
उनले समग्र धरहरा सञ्चालनका लागि पूर्ण रूपमा महानगरलाई हस्तान्तरण गर्न संघीय सरकारलाई आग्रह गरेको पनि बताएका छन् ।


विश्व खबर 




















