images
images
  • गोठाटार आगलागी हुँदा १४ वटा पसल ध्वस्त, एक जना घाइते

    काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा शनिबार राति भएको आगलागीबाट विभिन्न १४ वटा पसल जलेर नष्ट भएका छन् ।

    फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार गोठाटारको पहेँलोपुल नजिक रवीन्द्र भट्टराईले सञ्चालन गरेको ओम काष्ठ मिल उद्योगको गोदाममा विद्युत् शर्ट भइ सुरू भएको आगलागीबाट रिकन्डिसन एण्ड हेल्मेट पसल, बासु फर्निचर पसल, घिसिङ अटो रिकन्डिसन, प्रेम गौतम रिकन्डिसन, हिमेश गौतमको फर्निचर पसल र चटपटे एण्ड किराना पसल जलेका छन् ।

    यस्तै, सँगै रहेका रङ, मोबाइल, हार्डवयर, मिठाई र चिया पसल पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    शनिबार राति ९ बजे सुरू भएको उक्त आगलागी नेपाल प्रिहरी, सशस्त्र र स्थानीयको सहयोगमा राति ११ बजे नियन्त्रणमा लिइएको थियो । सो क्रममा ९ वटा दमकल, ३ वटा पानी ट्याङ्कीको प्रयोग भएको बताइएको छ ।

    आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ का ३७ वर्षीय नरेश थापा लडेर घाइते भएका छन् । उनको हाल राष्ट्रिय ट्रमा सेन्टर (वीर अस्पताल) मा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images