images
images
  • इजरायलमा राजनीतिक गतिरोध अन्त्य गर्ने राष्ट्रपतिको प्रयास, नयाँ निर्वाचन टार्न नवीन विकल्प खोज्न आह्वान

    काठमाडौं– इजरायलका राष्ट्रपति इसाक हर्जोगले आगामी बुधबार संसदीय निर्वाचनको आधिकारिक नतिजा प्राप्त गरेपछि सरकार गठन गर्न राजनीतिक दलहरूसँग परामर्श सुरु गर्ने बताएका छन् ।

    राष्ट्रपति हर्जोगले नयाँ निर्वाचनमा जानुपर्ने अवस्था रोक्न राजनीतिक दलका नेताहरूलाई नवीन विचार र समाधानका विकल्पमा खुला हुन आग्रह गरेका छन् ।

    उनले भने, ‘म सबै राजनीतिक दलका नेताहरूलाई नयाँ निर्वाचनतर्फ जानुपर्ने अवस्था रोक्न नवीन विचार र समाधानका विकल्पप्रति खुला रहन आह्वान गर्छु । निर्वाचनको नतिजा अब वास्तविकता बनिसकेको छ । सबै नेताहरूले आफ्ना अडानमा लचकता अपनाउँदै वर्तमान परिस्थितिलाई स्वीकार गर्नुपर्छ ।’

    राष्ट्रपति हर्जोगले नयाँ निर्वाचन आवश्यक पर्ने अवस्था आउन नदिन विभिन्न राजनीतिक विकल्पबारे छलफल गरिने पनि औंल्याए ।

    सरकार गठन गर्न छनोट हुने दल वा गठबन्धनलाई नयाँ सरकार बनाउन अधिकतम ४२ दिनको समय दिइनेछ ।

    संसदीय निर्वाचनपछि इजरायलमा नयाँ सरकार गठनको समीकरण जटिल बनेको छ । १२० सदस्यीय संसद् नेसेटमा नेतान्याह’ नेतृत्वको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । उनलाई सत्ताबाट हटाउन चाहने विपक्षी समूहले भने अरब दलसहित ६७ सिट जितेको छ ।

    तर विपक्षी समूहभित्रका यह’दी दलसँग ४८ सिट मात्रै छन् । अरब नेतृत्वका दुई दल–जोइन्ट लिस्ट र रामले क्रमशः ११ र * गरी १९ सिट जितेका छन् । सरकार गठनका लागि संसद्मा कम्तीमा ६१ सिट आवश्यक पर्ने भएकाले विपक्षी दललाई बहुमत पुर्‍याउन अरब दलको समर्थन अपरिहार्य देखिएको छ ।

    यद्यपि विपक्षी गठबन्धनका सबै दल अरब दलसँग मिलेर सरकार बनाउन तयार छैनन् । केही नेताले उनीहरूसँग सत्ता साझेदारी अस्वीकार गरेका छन् भने अन्य नेताले सरकार परिवर्तनका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । अरब दलले सरकारमा सहभागी हुने वा बाहिरबाट समर्थन गर्ने भन्ने विषयले पनि आगामी राजनीतिक समीकरण निर्धारण गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images