images
images
  • पृथ्वी राजमार्गको मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने

    काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ । आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सडक योजना कार्यालयले उक्त खण्डमा सवारी सञ्चालन रोक्ने भएको हो ।

    नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङले सूचना जारी गर्दै २०८३ कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म पृथ्वी राजमार्गको मझिमटार खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ ।

    निर्माण कार्य सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न आवागमन बन्द गर्न लागिएको योजनाले जनाएको छ । उक्त अवधिमा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।

    साथै सडकमा यात्रा गर्दा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न पनि सडक योजना कार्यालयले अनुरोध गरेको छ ।

    majhimtar 1793519996

    प्रतिक्रिया दिनुहोस्
    images
    images