images
images
  • कात्तिक १६ देखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने

    काठमाडौं – कात्तिक १६ देखि सरकारी कार्यालयको समय परिवर्तन भएको छ । जाडोयामको समयतालिकाअनुसार अब सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन् ।

    यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए । हिउँदमा साँझ छिट्टै अँध्यारो हुने भएकाले कार्यालय समय एक घण्टा घटाइएको हो ।

    नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायको समय बिहान ९ देखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ । यो समयतालिका शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images