चरिकोट- दोलखाको कालिञ्चोक गाउँपालिकामा कांग्रेसका वडा सभापतिसहित सिंगो वडा कमिटिका नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का सभापति केदार कार्कीसहित ३८ जना नेता कार्यकर्ताहरु आज एमाले प्रवेश गरेका हुन् ।
आज लामिडाँडामा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई एमाले पोलिट व्युरो सदस्य आनन्द प्रसाद पोखरेल, वागमती प्रदेश कमिटिका नेता लालकुमार केसी, डबल पाण्डे, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।
एमाले प्रवेश गर्दै नेता कार्कीले गठबन्धनको नाममा कांग्रेसले बिपी कोईरालाको विचार छाड्दै गएकाले आफु एमाले प्रवेश गरेको बताए ।
कांग्रेसको वडा सभापतिको जिम्मेवारीमा रहेका नेता कार्कीले ३६ वर्ष कांग्रेस राजनीतिमा बिताएका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















