images
images
  • दोलखा विद्यावारिधि फोरम गठन हुने

    काठमाडौं। दोलखाबाट विद्यावारिधि गरेका व्यक्तिहरूको सञ्जाल ‘दोलखा विद्यावारिधि फोरम’ गठन हुने भएको छ । दोलखा जिल्लाको सामाजिक, आर्थिक विकास र समृद्धिका लागि ज्ञानको माध्यमबाट सहयोग गर्ने र विद्यावारिधि गर्दै गरेका दोलखाली शोधकर्तालाई सहयोग गर्ने फोरम गठनको उद्देश्य रहेको बताइएको छ ।

    डा. सम्राट् आचार्यको संयोजनमा फोरम गठनको तयारी गरिएको छ । त्यसमा प्रा.डा. श्याम जोशी, प्रा.डा. कमल ढुङ्गेल, डा. विष्णुराज उप्रेती, डा. यमुना घले, डा. टीकाराम पोखरेल, डा. साकार शिवाकोटी, डा. भीम दाहाल, डा. वासुदेव घिमिरे, डा. दिपेश खरेल, डा. अनिता श्रेष्ठ, डा. लक्ष्मी ढुङ्गेल लगायतको भूमिका रहेको छ ।

    फोरमले दोलखामा जन्मेर कर्मथलो बनाई विश्वभर रहेका विद्यावारिधि गरेकाहरूलाई सहभागी गराई हरेक तीन महिनामा भेला बैठक गर्ने र दोलखाको आर्थिक सामाजिक विकासका लागि बौद्धिक बहस चलाउने तयारी भएको डा. टीकाराम पोखरेलले बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images