images
images
  • कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी

    सुर्खेत- कर्णाली प्रदेशका चार महिलाले मेयरमा उम्मेदवारी दिएका छन् । कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये चार नगरपालिकाकाे मेयरमा महिलाकाे उम्मेदवारी परेकाे हाे ।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका तथा कालीकोटको रास्कोट र कालिकोटको खाडाँचक्र नगरपालिका मेयरमा महिलाले उम्मेदवारी दिएका हुन् ।

    वीरेन्द्रनगरमा एमालेबाट मोहनमाया ढकाल, नारायणमा कांग्रेसबाट निर्मला खड्का र खाँडाचक्रका कांग्रेसकी तारा शाहीले उम्मेदवारी दिएका हुन् ।

    रास्कोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपा नेतृ धिरिन्द्रा उपाध्याय ‘भृकुटी’ ले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छन् ।

    ढकाल यसअघि वीरेन्द्रनगरकाे उपमेयर थिइन् भने खड्का यसअघि वडा सदस्य थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images