images
images
  • अर्जेन्टिनासँग खेल्दै चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

    काठमाडौं- इटालीका अनुभवी डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । ३७ वर्षीय रक्षक चेलिनीले जुनमा अर्जेन्टिनासँग इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेलसँगै सन्यास लिने घोषणा गरेका हुन् ।

    यसअघि नै युरोकप विजेता इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने तय भएको थियो । सोमबार राति इटालियन सिरी ‘ए’ मा सासुओलोलाई २–१ अन्तरले पराजित गरेसँगै युभेन्ट्सका रक्षक चेलिनीले अन्तर्राष्ट्रिय खेलबाट टाढा रहने निर्णय लिएका हुन् ।

    ‘म राष्ट्रिय टोलीलाई वेम्वली रंगशालाबाट बिदाइ गर्न चाहन्छु,’ चेलिनीले भनेका छन्, जहाँ मैले युरोकप जितेर करियरको अनुभव बाढेको छु ।’

    जर्जियो चेलिनीले सन् २००४ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । त्यसयता उनले ११६ क्याप जितेका छन् । जसमा आठ गोलसमेत रहेको छ ।

    यसैवर्ष कतारमा हुने फिफा विश्वकप–२०२२ मा इटाली स्थान बनाउन असफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images