images
images
  • काठमाडौंमा ५६ जनाले दर्ता गराए मेयरमा उम्मेद्वारी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि ५६ जनाले उम्मेद्वार दर्ता गरेका छन् । त्यस्तै, उपप्रमुख पदका लागि ३१ जनाको उम्मेद्वारी परेको छ । मेयर पदका लागि उम्मेद्वारी दिने ५६ मध्ये २१ जनाले दलका तर्फबाट उम्मेद्वारी दिएका हुन भने बाँकी ३५ ले स्वतन्त्र उम्मेद्वारी दिएका हुन । प्रमुख पदका लागि उम्मेद्वारी दिनेमध्ये आठ जना महिला छन् ।

    उपमेयर पदमा उम्मेद्वारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेद्वारका रूपमा मनोनयन दर्ता गर्नुभएको हो । उम्मेद्वारमध्ये १२ महिला हुनुहुन्छ । १२ गते साँझसम्म दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन् । मनोनयनको पहिलो दिन ११ गते मेयरका लागि १६ र उपमेयरका लागि १७ जनाले उम्मेद्वारी दिएका हुन ।

    मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौंका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराउनुभएको छ । जसमा प्रमुखका लागि १२५ र उपप्रमुख पदका लागि ५७ जनाले, वडाअध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images