images
images
  • ओलीको कम्युनिष्ट प्रेम ठोरीको नक्कली राम जन्मभूमिमा प्रकट भइसकेको छ

    दामोदर अर्याल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भीत्र सैद्धान्तिक बहसमा रुचि राख्ने प्रखर युवा नेताको रुपमा चिनिन्छन् । लामो समय विद्यार्थी राजनीतिमा व्यतित गर्नुभएका अर्याल एमालेमा भएको विद्रोह अत्यन्त स्वभाविक भएको र एकीकृत समाजवादी पार्टी स्थापनाको औचित्य समयले पुष्टि गर्दै जाने दावी गर्नुहुन्छ । प्रस्तुत छ, नेता अर्यालको पार्टी एकीकृत समाजवादीको स्थानीय तहको चुनावको तयारी, सत्ता गठबन्धनभित्र देखिएको अन्योलता र एमाले नेतृत्वमा भइरहेको अर्को गठबन्धनबारे उहाँसँग विश्वखवर प्रतिनिधिले गरेको संक्षिप्त संवाद ।

    तपाइँहरुको पार्टी घोषणा भएको एक वर्ष नपुग्दै स्थानिय तहको निर्वाचन व्यहोर्नु पर्ने भएको छ । कसरी अघि बढदै हनुहुन्छ ?

    कानूनी हिसाबले हाम्रो पार्टी नयाँ होेला, तर नेता कार्यकर्ताका हिसाबले हाम्रो पार्टी पुरानो नै हो । एमाले जन्मको आधार भनेको कोर्डिनेसन केन्द्र थियो । कोर्डिनेशन केन्द्रकालिन महत्वपूर्ण नेताहरु एमालेमा छैनन् तर हाम्रो पार्टीको नेतृत्व अहिले पनि उँहाहरुले नै गरिरहनु भएको छ । त्यतिमात्र होइन मुलरुपमा यो पार्टी एमालेबाट विद्रोह गर्नुभएको पुराना र नँया नेताहरुको सम्मिलनबाट बनेको छ ।

    देशका सबै जिल्लाहरुमा हाम्रा कमिटी वडा तहसम्म नै क्रियाशिल छन् । जनवर्गिय र पेशागत संगठनहरुको विशाल सागंठनिक संरचनाहरु तयार भइसकेको छ । त्यसैले हामी कुनैपनि खालको चुनावका लागि पूर्णरुपले तयार छौं । अत्यन्त व्यग्रता र उत्साहका साथ चुनावलाई पर्खिरहेका र्छौं ।

    बहुसंख्यक स्थानमा सत्ता गठबन्धनसँगको चुनावी तालमेल कार्यान्वयन नहुने देखियो । तपाईंहरुले सोचेजस्तो त नहुने भयो नी ?

    हामी पूर्णरुपले गठबन्धनको पक्षमा छौ । अन्तिमसम्म पनि यसको सफल कार्यान्वयनको लागि क्रियाशिल हुन्छौ नै । धेरै ठाँउमा गठबन्धन बनिसकेको पनि छ । केहि ठाँउहरुमा भएन भनेपनि हामी गठबन्धनका अन्य दलहरुसँग मित्रवत प्रतिष्पर्धाका लागि तयारै छौं । यसले हाम्रो विजयलाई केही फरक पर्ने वाला छैन ।

    एमाले र राप्रपा लगायतका दल एकढिक्का बनिरहेको तर सत्ता गठबन्धनका दलहरुमा अविश्वास बढिरहेको छ । अर्को निर्वाचनसम्म गठबन्धन भत्कने त होइन ?

    एमाले र राजावादीहरुको गठबन्धन स्वभाविकै हो । पुरै एमाले होइन, तर एमालेको मख्य नेतृत्वको राजावादी रुझान ६२/६३ को गणतन्त्र प्राप्तिको आन्दोलनताका नै देखिएको थियो । त्यतिखेर ओलीले नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानु जस्तै हो भनेका थिए । उनि संघियता विरोधि पनि हुन । त्यतिमात्र होइन, उनको सनातन धर्म माथिको अगाध आस्था त ठोरीको नक्कली राम जन्मभमिमा नै देखिइसकेको छ । यसरी राप्रपाको राजनैतिक मान्यतासँग केपी ओलीको वैचारिक सामिप्यता छ । यहि बैचारिक निकटताले उनिहरुलाई चुनावी गठबन्धनसम्म पुर्यायो ।

    जँहासम्म सत्ता गठबन्धन भित्रको एकताको कुरा हो, यो एकता पनि स्थायी होइन । यो एउटा निश्चित उद्धेश्यका लागि गरिएको हो । केपी ओलीले संसद भंगदेखि न्यायालय, राष्ट्रपति कार्यालय र संवैधानिक अंगहरुमा समेत हस्तक्षेप गर्दै लोकतान्त्रिक व्यवस्थामा गम्भीर क्षति पुर्याएकोले गणतन्त्र र संविधान जोगाउनका लागि बाम लोकतान्त्रिक गठबन्धन बनाउन जरुरी देखियो । यो एक प्रकारले बाध्यात्मक परिस्थिति पनि हो । स्थानिय तहको निर्वाचनपछि हाम्रो संवैधानिक व्यवस्था थप मजबत हुन्छ । त्यसपछि राजनैतिक पार्टीहरु आ-आफ्नो ढंगले काम गर्न सक्छन् । यो चुनावबाट एमालेका इमान्दार कार्यकर्ताले केपी ओलीलाई राजनैतिक कारबाही गरेर आत्म आलोचनासम्म पुर्याउन सके भने त्यसपछिको राजनीति फरक ढंगले पनि जान सक्छ ।

    यो पटकको निर्वाचनमा एकिकृत समाजवादीले हासिल गर्ने सफलता बारे तपाइँहरुको पुर्वानुमान कस्तो छ ?

    स्थानिय तहको निर्वाचन पछि नेकपा (एकिकृत समाजवादी) नेपालको एउटा महत्वपुर्ण राजनैतिक शक्तिको रुपमा स्थापित हुने करा पक्का छ । जहाँ-जहाँ हामी गठबन्धन सहित निर्वाचनमा जान्छौं, त्यँहा बिजय हुने कुरा निश्चित भइहाल्यो । त्यसवाहेक हामी छुट्टै निर्वाचनमा जाने ठाँउहरुमा समेत हाम्रो उपस्थिति प्रभावकारी हुनेछ ।

    अब प्रसंग बदलौ, एमाले पंक्तिले तपाईहरुले पार्टी विभाजनको औचित्य नै पुष्टि गर्न सक्नु भएन भनेर आरोप लगाइरहेको छ । के भन्नुहुन्छ ?

    एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको सरकारले जनताका प्राथमिकताहरुलाई छनौट गर्न सकेन । ओली सरकारले यति ओम्नी र बतास जस्ता दलाल पूँजीपतिवर्गको प्रतिनिधिहरु गर्ने व्यापारिक घरानाहरुसँग साँठगाँठ गर्यो । या त हामीले यी सवै कामहरु ठिकैै हो, कम्युनिष्ट सरकारले यस्तै गर्छ भन्नुपर्यो अथवा उनिहरुवाट अलग हुनुपर्यो ।

    पार्टी सञ्चालनका हिसावले पनि उनिहरुसँग हाम्रो तिव्र मतभेद रह्यो । कम्युनिष्ट पार्टी सञ्चालन गर्ने लेनिनवादी संगठनात्मक सिद्धान्तलाई ओलीले पुरै वेवास्ता गरे । उनले एमालेलाई एउटा नीजि कम्पनि चलाए जस्तो गर्न थाले । बैठक नडाक्ने, डाकि हाले पुरा अवधि बैठकमा नबस्ने, कुरा नसुन्ने, कुनै पनि विषयहरु बैठकवाट पास नगराउने, नीजि निर्णय लाद्नेजस्ता गैर कम्युनिष्ट हर्कत लगातार गरिरहे । कार्यकर्ताहरुलाई आफ्नो जयजयकार गराएको तथ्य त यहाँ भनिरहनु नै परेन ।

    यसरी पार्टी र सरकार सञ्चालनमा ओलीले बहुुलठ्ठिपूर्ण हर्कत गर्न थालेपछि कम्युनिष्ट पार्टी र आन्दोलन जोगाउन विद्रोहको विकल्प रहेन । इतिहासमा यस्तो घटना पहिले पनि भएको छ । यो विद्रोह कुनै नौलो होइन । नेपालकै कम्युनिष्ट आन्दोलनमा पार्टी कब्जा गरि बसेकाहरु र तत्कालिन विद्रोहीहरुसँग पनि आजको घटनालाई तुलना गर्न सक्नुहुन्छ । कहिलेकाहीं आन्दोलनको रक्षा गर्न समयले विद्रोहको माग गर्छ । यो यूगिन अभिभारा हामीले निर्वाह गरेका छौ ।

    तपाइँहरु पनि आज एमाले जस्तै जनताको बहदलिय जनवादको पैरवी गरिरहनको भएका छ । वास्तवमा तपाईंहरुका बीचका प्रमुख राजनैतिक र सैद्धान्तिक मतभेद के के हन ?

    निश्चितरुपमा उनिहरुसँग हाम्रा गम्भिर प्रकारका सैद्धान्तिक मतभेदहरु छन । पहिलो करा कम्युनिष्ट पार्टी गठनको कुरासँग सम्बन्धित छ । उनि कम्युनिष्ट पार्टीको पसल राखेर गैर कम्युनिष्टहरुको जमघट गराइरहेका छन् । हालका केहि दिनहरुमा जस्ता मानिसहरु प्रवेश गराइरहेका छन, ती मान्छेहरु बोकेर समाजवादतर्फको यात्रा तय गर्न सकिन्छ  कम्युनिष्ट विचाराधारा बुझेका सिद्धान्तनिष्ट नेता/कार्यकताहरु मात्र कम्युनिष्ट संगठनमा गोलबन्द गर्नपर्छ भन्ने हाम्रो मत हो ।

    मुख्य मतभेद भनेको कम्युनिष्ट पार्टी कसरी सञ्चालन गर्ने भन्ने हो । पार्टी सञ्चालन मलरुपमा लेनिनवादी संगठनात्मक सिद्धान्त बमोजिम विधिपर्वक कमिटी प्रणाली अनरुप हनपर्छ । त्यसवाहेक जबजमा हामीले विकास गरेको आन्तरिक प्रतिष्पर्धालाई पनि छोडन सकिदैन । तर उनिहरुले एमालेलाई एउटा नीजि कम्पनिको रुपमा चलाइरहेका छन, जो हामीलाई स्विकार्य थिएन र छैन । मुख्य कुरा कम्यनिष्ट पार्टी कस्का लागि हो भन्नेमा नै छ ।

    मुल रुपमा कम्युनिष्ट पार्टी काम गरि खाने वर्गका लागि हो । यो हाम्रो दार्शनिक मान्यता हो । यो कोणवाट हेर्दा एमाले सुध्रिनै नसक्ने गरि दलाल पँजीपतिहरुको कब्जामा गैसकेको छ । यसरी संगठन निर्माण, यसको सञ्चालन, उद्धेश्य र हाम्रा विशिष्ठतामा हामीले विकास गरेका कैयौ सैद्धान्तिक र शैलिगत मामिलाहरुमा दिनप्रतिदिन मतभेदका खाडलहरु फराकिला बन्दै गइरहेका छन ।

    मुल रुपमा कम्युनिष्ट पार्टी काम गरि खाने वर्गका लागि हो। यो हाम्रो दार्शनिक मान्यता हो। यो कोणवाट हेर्दा एमाले सुध्रिनै नसक्ने गरि दलाल पँजीपतिहरुको कब्जामा गैसकेको छ। यसरी संगठन निर्माण, यसको सञ्चालन, उद्धेश्य र हाम्रा विशिष्ठतामा हामीले विकास गरेका कैयौ सैद्धान्तिक र शैलिगत मामिलाहरुमा दिनप्रतिदिन मतभेदका खाडलहरु फराकिला बन्दै गइरहेका छन।

    नेकपा (एकिकृत समाजवादी) पार्टीले समाजवादको यात्रामा गोलबन्द हुन सबै कम्युनिष्टहरुलाई आह्वान पनि गरिरहेको छ । वास्तवमा तपाईंहरुले भन्ने गरेको समाजवादको मोडेल कस्तो हो ? 

    समाजवाद भनेको योग्यता अनुसारको काम र काम अनुसारको दामको प्रत्याभूति गराउने व्यवस्था हो । त्यसका लागि व्यापक रोजगारी सिर्जना गर्नुपर्छ । रोजगारी सिर्जना गर्न दलाल पूँजीवाद बाधक छ । दलाल पूँजीले रोजगारी सिर्जना गर्दैन । उसको मुलमन्त्र हो, पूँजी लगाउ, पूँजी कमाउ । पैसाको प्रयोग उत्पादनका लागि हुनुपर्छ ।

    उत्पादनमा प्रयोग भएको पैसाले उत्पादक शक्तिको विकाश गर्छ, जुन समाजवादको आधारस्तम्भ हो । हाम्रो समाजवादी राज्य व्यवस्थामा विचारको विविधता र यसभित्रको अन्तरविरोधलाई स्विकार गरिएको हुन्छ । यस्ता अन्तरविरोधहरुको समाधान बैचारिक प्रतिष्पर्धा, कानून, विधि र संबैधानिक प्रक्रियामार्फत नै हुनेछ । समाजवादी राज्य व्यवस्थाको मूल केन्द्रमा मान्छे हुनेछ । समाज जति-जति विकसित हुँदै जान्छ, त्यति-त्यति नीजि सम्पत्तिको महत्व घटदै जान्छ । समाजवादको एउटा मुख्य एजेण्डा पर्यावरणको रक्षा पनि हो ।

    अन्त्यमा, नँया पार्टी सञ्चालनका चुनौतिहरु के-कस्ता हुँदा रहेछन ?

    हाम्रो जस्तो देशमा पार्टी निर्माण र सञ्चालनमा सँधैभरि चुनौति नै हुन्छ । हाम्रो पार्टी नँया जस्तो देखिएपनि यसका नेता/कार्यकता पहिले नै राम्ररी पार्टी सञ्चालन गरिसक्नु भएका अनुभवि हुनुहुन्छ । तथापि चुनाव चिन्ह, नाम, थर र गोत्र होइन, यो त पहिचानका लागि राखिएको हुन्छ, मुख्य कुरा विचार र सिद्धान्तको हो भन्ने कुरा आम मान्छेलाई बुझाउनका अतिरिक्त मेहनेत गर्नुपर्ने कुरा स्वभाविकै हो । सञ्चार र सामाजिक सन्जालको व्यापकताले आजका जनता ज्यादै जागरुक छन् । यहि जागरुकता नै हाम्रो मुख्य शक्ति हो ।

    समाजवादी राज्य व्यवस्थामा विचारको विविधता र यसभित्रको अन्तरविरोधलाई स्विकार गरिएको हुन्छ। यस्ता अन्तरविरोधहरुको समाधान बैचारिक प्रतिष्पर्धा, कानून, विधि र संबैधानिक प्रक्रियामार्फत नै हुनेछ । समाजवादी राज्य व्यवस्थाको मूल केन्द्रमा मान्छे हुनेछ । समाज जति-जति विकसित हुँदै जान्छ, त्यति-त्यति नीजि सम्पत्तिको महत्व घटदै जान्छ । समाजवादको एउटा मुख्य एजेण्डा पर्यावरणको रक्षा पनि हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images