images
images
  • सत्तारुढ गठबन्धनले दोलखामा टुङ्गायो भागबण्डा

    दोलखा -दोलखामा बागमती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनको बैठकले गठबन्धनको भागबण्डा टुङ्गीएको छ। स्थानीय तह निर्वाचनका लागि  सत्तारुढ गठबन्धनले भागबण्डा शुक्रबार साँझ टुङ्ग्याएको हो ।

    शुक्रबारको जस अनुसार सत्तारुढ सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसले ४ पालिका प्रमुख र ५ उपप्रमुख पाएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले ३ पालिका प्रमुख र ३ उपप्रमुख पाउने भएको छ ।

    त्यस्तै एमालेबाट छुटेर नयाँ दल बनेको नेकपा एकिकृत समाजवादीले २ पालिका प्रमुखसहित १ उपप्रमुख पाएको छ ।

    नेपाली काङ्ग्रेस
    प्रमुखः भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका र बैतेश्वर गाउँपालिका
    उपप्रमुखः गौरीशङ्कर गाउँपालिका, तामाकोशी गाउँपालिका, शैलुङ गाउँपालिका, मेलुङ गाउँपालिका, विगु गाउँपालिका

    नेकपा माओवादी केन्द्र
    प्रमुखः विगु गाउँपालिका, शैलुङ गाउँपालिका, गौरीशङ्कर गाउँपालिका
    उपप्रमुखः जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका, बैतेश्वर गाउँपालिका

    नेकपा एकिकृत समाजवादी
    प्रमुखः तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका
    उपप्रमुखः भीमेश्वर नगरपालिका

    प्रतिक्रिया दिनुहोस्
    images
    images