images
images
  • एन्फा निर्वाचन: काठमाडौं जिल्ला अध्यक्षमा शाहीलाई निरन्तरता

    काठमाडौं- काठमाडौं जिल्ला फुटबल संघको अध्यक्षमा विराटजंग शाही निर्वाचित भएका छन् ।

    जिल्ला फुटबल संघको शुक्रबार बसेको बैठकले शाहीको नेतृत्वमा १५ सदस्यीय निर्विरोध कार्यसमिति चयन गरेको हो । यसअघिसमेत उनी नै अध्यक्ष थिए ।

    कार्यसमितिको उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र प्रदीप लामा छन् । यस्तै, सदस्यहरूमा राधाकृष्ण महर्जन, अजव श्रेष्ठ, पूर्णमान सिंह, सुरेन्द्र बलामी, अमृत लामा, अनिल चौधरी, जनक न्यौपाने, रुद्रबहादुर मल्ल, नकेश राउत, काजीमान कङ्दवा र महिला सदस्यमा दिपाकुमारी खड्का निर्वाचित भए ।

    एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् । १४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये नौवटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रीय निर्वाचन ६ असारमा हुने तय भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images