images
images
  • बार्सिलोनाले रियल सोसिडाडलाई हरायो

     

    काठमाडौं । रियल सोसिडाडलाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

    बिहीबार राति भ्रमणकारी टोली बार्सिलोनालाई जिताउन निर्णायक गोल पियरेक इम्रीक औबामेयाङकले गरे । उनले खेलको ११औँ मिनेटमा फेरान टोरेसको पास सदूपयोग गरे ।

    इंग्लिस क्लब आर्सनलबाट बार्सिलोना झरेका औबामेयाङकको ११ खेलमा नौ गोल हो । जितपछि बार्सिलोना ६३ अंकसहित सेभियालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । रियल सोसिडाड तालिकाको छैटौं स्थानमा छ । शीर्ष स्थानमा रियल मड्रिड रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images