images
images
  • स्वास्थ्य मन्त्री र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेटवार्ता (फोटोफिचर)

    काठमाडौं- स्वास्थ्य तथा जनसङख्या मन्त्री बिरोध खतिवडा र विश्व स्वास्थ्य सङगठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ ।
    विहीबार दिउँसो स्वाथ्य मन्त्रालयमा भेट भएको हो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निमन्त्रणामा पहिलो पटक डा.टेड्रोस को टोली नेपाल आएको हो ।

    महानिर्देशक डा। टेड्रोस तीनदिने औपचारिक भ्रमणका लागि आजै नेपाल आएका हुन् । महानिर्देशकसहित डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारी पनि नेपाल आएका छन् ।

    मन्त्रालयका अनुसार डब्ल्यूएचओका महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग समेत शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

    who 2

    who 3

    who 1 1

    278766235 711189703407824 7124859833601644858 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images