कपिलवस्तु । गत राति गोली लागेर गम्भीर घाइते भएकी एक महिला सैनिक जवानको बिहीबार बिहान मृत्यु भएको छ । कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेकमा सिपाही पदमा कार्यरत झापाको गौरादह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।
राजवंशीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । राति ब्यारेक भित्रको पोस्टमा डिउटीमा रहेको बेला राइफल (एम १६) आफैले आफैतिर फायर गरी उनले आत्महत्या प्रयास गरेको प्रहरीको अनुमान छ ।
गोली लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको थियो । तर अवस्था निकै गम्भीर भए पछि नलगिएको प्रहरीको भनाइ छ । सैनिक स्रोतका अनुसार केही दिन अघि मात्र गोरुसिङ्गे ब्यारेकमा शमशेर दल गण अन्तर्गत राजवंशी सरुवा भएर आएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















