images
images
  • मतदातालाई बाँड्दै गरेको रक्सी बरामद

    कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो ।

    भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

    प्रहरीले बाँड्न लागेको रक्सीसहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ । १२ कार्टुन ९२६० बोतल० रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहले बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images