images
images
  • नागरिकता बनाउन नक्कली कागजात पेश गर्ने आमा छोरा पक्राउ

    काठमाडौं- नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा कपिलवस्तुमा दुईजना पक्राउ परेका छन् ।

    जिल्ला प्रशासन कार्यालयमा छोराको नागरिकता बनाउन आफ्नो श्रीमानले बनाएको नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा आमाछोरा पक्राउ परेका हुन् ।

    शुद्धोधन गाउँपालिका–५ की अबराईन खातुनले आफ्ना श्रीमान रियाजुद्दीन खान मुसलमानले बनाएको नक्कली नागरिकतासहित जिल्ला प्रशासन कार्यालय नागरिकताका लागि बिहीबार कागजातहरु पेश गरेकी थिइन् ।

    छानबिन र अनुसन्धान गर्दा रियाजुद्दीनको नागरिकता नै नक्कली भेटिएपछि अबरईन र जाबेदलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

    झुठो विवरण दिई किर्ते नागकिरता बनाउन खोजेको दुबैमाथि नागरिकता ऐन र नियमाली अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । आमा छोरालाई नै प्रतिवेदनसहित जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images