images
images
  • कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

    कपिलवस्तु– कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका–१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएको हो ।

    सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै खेतमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनको ज्यान गएको हो ।

    सर्पको टोकाइबाट घाइते भएकी उनको उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिँगे लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images