images
images
  • कपिलवस्तु–३ मा राप्रपा विजयी

    कपिलवस्तु – कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव विजयी भएका छन् । यादवले आठ हजार पाँच सय ८२ मत प्राप्त गरि निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    बिहीबार राति सकिएको मतगणनामा यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई छ सय ७५ मतले पराजित गरेका हुन् । यादवले आठ हजार पाँच सय ८२ मत पाउँदा खाँले सात हजार नौ सय सात मत प्राप्त गरेका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा ३५ हजार छ सय ३४ मत खसेकोमा दुई हजार ७० मत बदर भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images