images
images
  • “प्रधानमन्त्रीबाट हटेर देश घुम्दा जनताको बीचमा राम्रो आधार बनेको छ, एक्लै चुनाव लड्छौँ र जित्छौं” : अध्यक्ष दाहाल

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन् ।
    प्रेस सेन्टर नेपाल चितवन शाखाले आइतवार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्रले एक्लै चुनाव लडेर चुनाव जित्ने बताए ।
    अध्यक्ष दाहालले भने, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छौ‌ं भन्ने आधार देशभरि घुमेर देखेको छु”, उनले भने ।
    फरक प्रसङ्गमा उनले बाढीपहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताए । उनले राजनैतिक दल, सरकार र सामाजिक सङ्घसंस्थाहरु एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताए ।
    अध्यक्ष दाहालले भने, “सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ ।” रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images