images
images
  • एमाले दोलखाले टुङ्ग्यायो पालिका प्रमुख र उपप्रमुखका उम्मेद्वार (सूचीसहित)

    दोलखा- नेकपा एमाले दोलखाले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि पालिका प्रमुख र उपप्रमुखका उम्मेद्वारको नाम बुधबार टुङ्गो लगाएको छ ।

    जिल्ला कमिटीको बैठकले नौ वटै पालिकाका प्रमुख र उपप्रमुखका उम्मेद्वारको टुङ्गो लगाएको जिल्ला कमिटीका एक सदस्यले जानकारी दिए ।

    बैठकले टुङ्गो लगाएका नाम अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउनुपर्नेछ ।

    उम्मेद्वारका नामावली

    भीमेश्वर नगरपालिका
    प्रमुखः भरत बहादुर केसी
    उपप्रमुखः कमला बस्नेत

    जिरी नगरपालिका
    प्रमुखः मित्र जिरेल
    उपप्रमुखः कृष्णमाया बुढाथोकी

    तामाकोशी गाउँपालिका
    अध्यक्षः अभिषेक सुवेदी
    उपाध्यक्षः अम्बिका पोखरेल

    शैलुङ गाउँपालिका
    अध्यक्षः धनबहादुर तामाङ
    उपाध्यक्षः पार्वती थापा

    गौरीशङ्कर गाउँपालिका
    अध्यक्षः जङ्ग गुरुङ
    उपाध्यक्षः मुना शिवाकोटी

    मेलुङ गाउँपालिका
    अध्यक्षः हिरा थोकर
    उपाध्यक्षः गायत्री आचार्य

    विगु गाउँपालिका
    अध्यक्षः अच्युतम केसी
    उपाध्यक्षः देविका थामी

    बैतेश्वर गाउँपालिका
    अध्यक्षः माधव घिमिरे
    उपाध्यक्षः नविना लामा

    कालिञ्चोक गाउँपालिका
    अध्यक्षः गणेश शिवाकोटी
    उपाध्यक्षः कविता थामी

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images