images
images
  • विश्व स्वास्थ्य संगठनका महानिर्देशक नेपाल आउँदै

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेपाल आउने भएका छन् । महानिर्देशक डा. टेड्रोस तीनदिने औपचारिक भ्रमणका लागि भोलि नेपाल आउन लागेका हुन । महानिर्देशकसहित डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारी पनि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार भ्रमणको क्रममा डब्ल्यूएचओका महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग पनि गेब्रेयससले भेट गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images