images
images
  • कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन

    सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ।कोरोना र निमोनियालगायतबाट पीडित उनको आज निधन भएको पारिवारिक स्रोतले बताएको छ।

    उनको काठमाडौंको निदान अस्पतालमा उपचार भइरहेको थियो।नेपाली कांग्रेसका नेतासमेत रहेका मल्ललाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त गरेका थिए।

    मल्ल २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुख बनेका थिए।मल्ल पूर्वराष्ट्रिय पञ्चायतका सदस्य पनि थिए। कैलालीका मल्ल राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थिए।

    मल्ल २०३७ देखि २०४६ सालसम्म पञ्चायत सदस्य रहेका थिए। उनी २०७० सालको संविधान सभा निर्वाचन अगाडि कांग्रेस प्रवेश गर्दै सक्रिय रहेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images