काठमाडौं- एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन् ।
उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताए ।
‘…गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको छ । तसर्थ, यो सरकारले प्रायोजित रुपमा गभर्नरमाथि सुरु गरेको कारवाही आपत्तिजनक मात्र नभई निन्दनीय समेत छ’ तीन अर्थमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई अराजक भन्दै उनको दबावमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गलत निर्णय लिएको टिप्पणी गरेको छ । ‘अराजक अर्थमन्त्रीको दबावमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिए । वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दवावमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कार्वाही गरिएकोमा कुनै शंका छैन’ एमालेले भनेको छ ।
एमालेबाट अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोेर बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
हेर्नुस् एमालेको विज्ञप्तिको पुर्णपाठ:
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/04/uml.pdf


विश्व खबर 



















