images
images
  • ४२ जना पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै ललितपुरकी पुष्पा इन्स्पेक्टरको पहिलो नम्बरमा

    ललितपुर- पुरूष प्रतियोगीलाई समेत पछि पार्दै ललितपुरकी पुष्पा बानियाँले सशस्त्र प्रहरी बल नेपालको इन्स्पेक्टरमा पहिलो नम्बारमा नाम निकालेकी छिन् ।

    सशस्त्र प्रहरी बलको मानव स्रोत विभागले गत भदौ ११ गते प्रकाशित विज्ञापनअनुसार सम्पूर्ण परिक्षामा उत्तीर्ण भएका ४९ उत्तीर्ण भएका छन् । खुल्लामा ४२ जना उत्तीर्ण भएकामा अन्य पुरुष प्रतिस्पर्धीलाई समेत पछि पार्दै बानियाँले १ नम्बरमा नाम निकाल्न सफल भएकी हुन् ।

    ललितपुरकै प्रसादी एकेडेमीबाट दश जोड २ पास गरेकी पुष्पाबाहेक खुलाबाट छनौट हुनेमा अरु सबै पुरुष प्रतियोगी रहेका छन् । भक्तपुरको सैनिक कलेज सल्लाघारीबाट बीबीए गरेकी बानियाँले प्रशादी एकेडेमीबाट १२ पास गरेकी थिइन् । उनले बीबीएमा भक्तपुरको सैनिक कलेज टपसमेत गरेकी थिइन् ।

    भर्ना तथा छनौट शाखाका सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश बहादुर रायमाझीका अनुसार ४२ जना खुल्ला, ४ जना महिला, २ जना आदिवासी र १ जना दलिततर्फबाट छनौट भएका छन् ।

    उत्तीर्णलाई भोली अर्थात् चैत २५ गते भद्र पोशाकमा सम्पूर्ण सक्कल कागजातसहित सशस्त्र प्रहरी बलको हेडक्वाटरमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

    277818094 351482420349097 4219775109575939111 n 1065x1536 1

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images