images
images
  • चेक बाउन्स मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

    काठमाडौं- बैंकिङ कसूर (चेक बाउन्स) मुद्दाका फरार २ जना प्रतिवादीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरी गाउँपालिका–३ ठेगाना भएका ३१ वर्षीय राजु भण्डारी र झापा गौरादह नगरपालिका–५ ठेगाना भएका ५० वर्षीय उपेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।

    उनीहरूमध्ये राजु भण्डारीलाई उच्च अदालत पाटन ललितपुरले २०७८ बैशाख २९ गते ७ लाख २ हजार ५ सय रूपैयाँ जरिवाना ठहर गरेको थियो । उपेन्द्र प्रसाद ढुंगानालाई उच्च अदालत विराटनगरले बैंकिङ कसूर मुद्दामा २०७८ पुस २२ गते पक्राउ अनुमति जारी गरेको थियो ।

    राजुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । उपेन्द्र प्रसादलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दमक पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images