images
images
  • नेपाल प्रहरीको कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न

    नवलपरासी- नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारवाही ९कमाण्डो० तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा मंगलबार सोही महाविद्यालयमा दिक्षान्त समारोह सम्पन्न गरिएको हो ।

    समारोहमा प्रहरी महानिरीक्षक क्षेत्रीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

    प्रशिक्षार्थीहरूलाई तालिममा हासिल गरेका युक्तिहरूलाई व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाको लागि प्रयोग उनले निर्देशन दिएका थिए ।

    समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक मेख बहादुर कुँवरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ४ जना, प्रहरी सहायक निरीक्षक ८ जना र प्रहरी जवान ९२ जना गरी जम्मा १०४ जनाको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images