images
images
  • नवलपरासी प्रशासनले किन रोक्यो रवि लामिछानेको आजको चुनावी कार्यक्रम ?

    काठमाडौं- सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रममा भने नवलपरासी प्रशासनले रोक लगाएको छ ।

    सोमबार रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा सम्बोधनसहितका चुनावी कार्यक्रममा सहभागी भएका लामिछाने मंगलबार नवलपरासी जाने तयारीअनुसार कार्यक्रम तय भएको थियो ।

    लामिछाने माघ २७ गते जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने समय तय गरिए पनि प्रशासनले सूचना जारी गरी निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै कार्यक्रममा रोक लगाएको हो ।

    उनी आइतबार पूर्वी नवलपुर र पश्चिम नवलपरासीको चुनावी कार्यक्रममा सहभागी भएका थिए भने सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका थिए ।

    मंगलबार उनले यहाँ सहभागी भएर चितवन फर्कने कार्यक्रम बनाएका थिए ।

    625984401 857961783909174 6022124814811465285 n

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images