images
images
  • बिहेको प्रलोभन देखाई ४२ लाख ठगी गर्ने एकजना पक्राउ

    काठमाडौं- विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

    विवाह गर्ने प्रलोभन देखाई पीडितलाई आफू अस्पतालमा रहेको जनाउँदै पटक पटक रकम पठाउन उनले लगाएको प्रहरीले जनाएको छ ।

    महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई काठमाडौं बिशाल नगरबाट पक्राउ गरेको हो ।

    उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images