images
images
  • पेड्रीको निर्णायक गोलमा बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    काठमाडौं- युवा खेलाडी पेड्रीको निर्णायक गोलमा सेभियालाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

    आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा १९ वर्षीय पेड्रीको गोलसंगै क्याटलान क्लब बार्सिलोनाले दोस्रो स्थानको सेभिया र एट्लेटिको मड्रिडलाई पछि पार्‍याे ।

    पेड्रीले खेलको ७२ औं मिनेटमा औसमाने डेम्बेलेको पास सदुपयोग गरे ।

    जितसँगै २९ खेलबात ५७ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । सेभिया समान अंक भए पनि चौथो स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images