images
images
  • त्रिकोणात्मक ट्वान्टी- २० श्रृंखला: मलेसियाले टस जित्यो, नेपाल ब्याटिङ गर्दै

    काठमाडौं- त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (सनिबार) मलेसियाले नेपालको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ ।

    खेलमा नेपालले एक परिवर्तन गरेको छ । सोमपाल कामीलाई आराम दिँदै कमल सिंह ऐरीलाई सुरुवाती एघारमा स्थान दिइएको छ । आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट बन्चित हुनेछ । यता, नेपाल तीन खेलमा ६ अंक जोड्दै यसअघि नै फाइनल प्रवेश गसिसकेको छ । नेपाल र मलेसियाबीचको खेलले फाइनल प्रवेश गर्ने अर्को टोलीको टुङ्गो लगाउने छ ।

    नेपालले मलेसियालाई हराए पपुवा न्यु गिनी (पिएनजी) फाइनल प्रवेश गर्नेछ । नेपाललाई हराएमा भने मलेसिया फाइनल प्रवेश गर्नेछ । फाइनल खेल सोमबार हुनेछ । पिएनजीले शुक्रबार मलेसियालाई हराउँदै फाइनल प्रवेश सम्भावना जीवित राखेको छ ।

    दोस्रो स्थानको पिएनजी र तेस्रो स्थानको मलेसियाको समान २ अंक छ । नेपालले पिएनजीविरुद्धको दुवै खेल जितेको थियो भने मलेसियलाई एक खेलमा पराजित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images