images
images
  • जापानबाट फर्केका उज्ज्वलले पेप्सीकाेलामा शुरु गरे भव्य मार्ट

    काठमाडौं- ८ बर्ष जापान बसेर फर्किएका दोलखाका उज्ज्वल दाहालले काठमाडौंको पेप्सीकोला चोक स्थित बोता रेष्टुरेन्ट पछाडि भव्य मार्ट सञ्चालनमा ल्याएका छन् ।

    एक करोडको लगानीमा सञ्चालनमा ल्याईएको मार्टले शनिबार बाट बिक्री शुरु गरेको छ । आवर फेमिली मार्टु नाम दिईएको दाहालको मार्टमा सबै किसिमका उपभोग्य वस्तु पाईएने उज्ज्वलले बताए ।

    ८ बर्ष जापानमा बस्दा मार्टमै काम गरेको अनुभव आफुले नेपालमा शुरु गरेको उनले सुनाए । गाउँमा उत्पादन हुने स्थानीय उत्पादन उनको मार्टमा पाईन्छ । लोकल चामल, लोकल दाल, गुन्द्रुक, बेसार लगायतका अर्गानिक सामान उनको मार्टमा पाईन्छ ।

    मार्ट संगै फास्ट फुड र कफी सेन्टर समेत चलाउने उनको तयारी छ । उज्ज्वलकि पत्नी सविनाले ग्रोसरी सहित सबै खाले सेवा एउटै छानाबाट दिने आफुहरुको लक्ष्य रहेको सुनाईन । किनमेल गर्न आउने ग्राहक वर्गलाई फास्ट फुड र कफीको स्वाद समेत चखाउदैछौुं उनले भनिन् ।

    277254936 765913864376170 7818530507452209814 n

    277181957 4898477276902305 4535417544189215760 n

    277542828 680447326503155 8790452777046424434 n

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images