images
images
  • बढुवा भएका एआइजीले लगाए दर्ज्यानी चिन्ह

    काठमाडौं- नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन प्रहरी अधिकारीले दर्ज्यानी चिन्ह लगाएका छन् । एआइजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुकले दर्ज्यानी चिन्ह लगाएका हुन् ।

    प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

    मन्त्रिपरिषद् बैठकको आज बसेको बैठकले मात्र उनीहरूलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयले गत १ चैतमा तीनै जना डिआइजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसविरुद्ध अन्य तीन जना डिआइजीले उजुरी गरेपछि बढुवामा ढिलाइ भएको थियो ।

    उजुरी सुन्ने समितिले सिफारिसलाई सदर गरेसँगै मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो ।

    277442535 527723988748865 4187215340787169561 n

    277442535 527723942082203 3225007191246971293 n

    277361589 527723902082207 5592993030015411072 n 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images