images
images
  • दीपेन्द्रको अर्धशतकसँगै नेपालले दियो पीएनजीलाई २०४ रनको लक्ष्य

    काठमाडौं- युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र डेब्यु खेल खेलिरहेका आदिल आलमको आक्रामक ब्याटिङप्रेरित नेपालले त्रिदेशीय टी–२० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल खडा गर्‍यो ।

    नेपालबाट आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउदा आदिलले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाए ।

    त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए । यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे ।

    यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भए । पीएनजीका कबुअ मोरेआले तीन विकेट लिए । त्यस्तै, रिले हाकुरेले दुई तथा नोर्मान भानुअ र नोसैना पोकनाले समान एक विकेट लिए ।

    नेपाल आजको खेल जित्दै एक खेल अगावै फाइनल पुग्ने योजनामा छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images