images
images
  • काठमाडौं सेतोपुल नजिकैको फोहोरमा सालनालसहित मृत शिशु फेला

    काठमाडौं- काठमाडौंको सेतो पुल नजिकै सालनालसहितको नवजात शिशु फेला परेको छ । सेतो पुल नजिकैको फोहोर फाल्ने ठाउँमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ ।

    दिन पुगेर बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो । अहिले महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक ९डिएसपी० मिनबहादुर कुँवर क्षेत्री घटनास्थलमा छन् । बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो ।

    अवैध रूपमा गर्भधारण गरेकी महिलाले जन्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।

    277237684 4952941884742110 3931358043481480125 n.jpg

    277083686 314339814120183 1119064577215815865 n.jpg

    shishu.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images