काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन् । अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताए ।
‘एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैन। हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरू एक्लै भयो भने त हामीले कसरी चुनाव लड्ने ? त्यसैले अब बल्ल हैसियत मिलेको छ,’ अध्यक्ष ओलीले भने ।
एमालेमा देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताए । ‘अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन् । हाम्रो पार्टी भरिन लागेको छ । यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो,’ अध्यक्ष ओलीले भने ।
त्यस्तै अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई एक एक केजीको ढकको पनि संज्ञा दिएका छन्।
गठबन्धनमा रहेका पाँच दल भनेका एक एक केजीका ढक हुन्। तर एमाले एक्लै एक क्विन्टलको ढक हो। अब पाँच केजीको ढक र एक क्विन्टलको ढक दुई पटी राखेर जोख्दा तुलनै हुन सक्दैन नि ! उनीहरुले एमालेसँग भिड्न गठबन्धन गरेरै आउनुपर्छ।
उनले बच्चाहरूसँग एमालेलाई लड्न पनि समस्या हुने बताए। हामीलाई साह्रै बच्चा भयो भने लड्न गाह्रो हुन्छ। बच्चाहरूसँग निहुरिएर लड्न सकिन्नु, उनले भने, ुएउटाको काँधमा अर्को चढ्छ। लोभीपापीको गठबन्धन कति गाह्रो छ। गठबन्धनले एकै दिन मनोनयन गर्न सक्दैन भनेर दुई दिन राखिएको छ। एक हप्ता गराए पनि के भो र मनोनयन नै हुने होला।
ओलीले गठबन्धन गरेर पनि एमालेसँग लड्न गाह्रो रहेको बताए। गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्नु भयो। तर गठबन्धन गरे पनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छु, उनले भने, एमाले एक्लैले गठबन्धनलाई यो कुरा सिकाउनेछ।























