images
images
  • चितवन राष्ट्रिय निकुञ्‍जमा सैनिकको शव फेला


    चितवन । चितवन राष्ट्रिय निकुञ्जमामा एक सैनिक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियन पोखराका हवल्दार गगनबहादुर शाही मृत फेला परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाका अनुसार उनको शव मंगलबार बिहान राप्ती किनारमा फेला परेको हो । डीएसपी थापाका अनुसार शाही निकुञ्जस्थित सेनाको खड्ग दलमा विशेष अप्रेसनका लागि खटिएका थिए ।

    शाहीका परिवारले भने घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ । उनीहरुले प्रहरीमा उजुरी दिएको र अहिले छानबिन भइरहेको डीएसपी थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images