काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विवादले अग्ररुपमा लिईरहेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले ‘महिनावारी स्वच्छता सचेतना’ अभियान सुरु गरेको छ ।
राजधानी काठमाडौं विकट क्षेत्रको सामुदायिक विद्यालयबाट एक कार्यक्रमका विच सोमबारबाट गरेको छ। संघले पहिलो चरण अन्तर्गत तारकेश्वरस्थित जितपुर उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई महिनावारी सचेतना तथा डाक्टरसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो। वीर अस्पतालका डा.सरु श्रेष्ठ, डा.जास्मिन श्रेष्ठले महिनावारी सम्बन्धि सचेतना सम्वधित विद्यार्थीलाई महिनावारीको समयमा गर्नुपर्ने सरसफाई र खानपिनको बारेमा जानकारी गराएका थिए ।
एनआरएनए चीनले महिनावारी सम्वन्धित सचेतना (छात्रा) महिलाले मात्र सम्भव छैन् भनेर (छात्र) पुरुषसंग हालेमालो विना सम्भव नभएको भन्दै छात्रलाई ‘स्यानीटरी प्याड’ वितरण गरेर यो अभियान औपचारिक रुपमा सुरु गरिएको हो । त्यस्तै, संघले उक्त विद्यालयका विद्यार्थीहरूलाई स्यानीटरी प्याड समेत वितरण गरेको छ। कार्यक्रममा विशेषत् छात्राहरुलाई लक्षित गर्दै महिनावारीको समयमा गनुपर्ने सरसफाई तथा खानपानको विषयमा जानकारी गराइएको थियो। साथै कार्यक्रममा महिनावारीको विषयमा छात्रहरुलाई पनि आफ्नो छात्रा साथीहरु तथा घरका महिलाहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयसमेत सिकाइएको थियो।

‘हामीले पहिलो चरणमा काठमाडौंको तर दुरदराजका विद्यालयहरूमा यस्तो कार्यक्रम ल्याएका हौँ,’ संयोजक सुवेदीले भनिन्,‘आगामी दिनहरूमा यस्तो कार्यक्रम गाउँ–गाउँमा लगेर जानेछौँ।’ कार्यक्रमको औपचारिकमा सुरु गदैं संघका अध्यक्ष रोहित अग्रवालले भने अबका दिन कार्यक्रमलाई प्रभावकारी बनाउन अन्य विद्यालयमा पनि कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौं । ‘हामी सबैलाई महिनावारीको समयमा गर्नुपर्ने सरसफाई र खानपिनको बारेमा जानकारी हुन आवश्यक छ। यस कार्यक्रमलाई प्रभावकारी बनाउन हामी अन्य विद्यालयहरुमा पनि कार्यक्रम सञ्चालन गर्नेछौँ।’

कार्यक्रममा समितिका अध्यक्ष रोहित अग्रवाल, आइसीसीकाका प्रतिनिधि प्रदीप न्यौपाने, उपाध्यक्ष निर्मल चौलागाई, सचिव राजकुमार खरेल, सल्लाहाकार आर.के खड्का, डिलबहादुर कठायत, सदस्यहरु युवराज थापा, आर. के प्रधान, विजय पराजुली, चिनमा रहेर ब्यापार गर्ने विवेक कोईरालालगायतको सहभागीता रहेको थियो।विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र ज्ञवालीले कार्यक्रमले महिलाहरुमा हुने रजस्वलासम्बधित जनसचेतना पुरुषलाई समेत दिन जरुरी रहेको र यो अभियान थप प्रभाबकारी रहेको बताए ।सहप्रध्यानध्यापक राधिका सुवेदीले महिनावारी समस्याहरु छात्राहरुले पछिल्लो खुलेर कुरा गर्ने गरेका उनले बताईन् ।
गैरआवासीय नेपाली संघ (चीन) संघका पदाधिकारीहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिका, विद्यार्थीलगायत सहभागी भएको थिए । काठमाडौं तारकेश्वरस्थित जितपुर उच्च माध्यमिक विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्मका २५० विद्यार्थीहरूको उपस्थिति रहेको थियो।




विश्व खबर 




















