images
images
  • युएईकाे नेपाललाई १६९ रनकाे लक्ष्य, सोमपाल र करणले लिए सात विकेट

    काठमाडौं- आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले नेपालसमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    शुक्रबार भएको खेलमा युएईले ४६ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ६८ रन मात्र बनाउन सक्यो । युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०-४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए ।

    नेपालका बलर सोमपाल कामी र करण केसी चम्केपछि नेपालले युएईलाई मध्यम स्कोरमै रोक्न सफल भएको हो । सोमपालको नाममा चार र करणको नाममा तीन विकेट छ । सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images