images
images
  • पल शाहका म्यानेजर कृष्ण जोशी प्रहरी नियन्त्रणमा

    काठमाडौं– नाबालिग गायिकामाथि बलात्कार आरोप लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह) का म्यानेजर कृष्ण जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको हो।

    बलात्कार घटनामा उनीमाथि पनि केही सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ। बलात्कारको आरोप लागेका पल शाह फागुन १५ गते आफैं जिल्ला प्रहरी कार्यालयमा तनुहँमा उपस्थित भएका थिए।

    उनीविरुद्ध तिनै नाबालिग गायिकाको तर्फबाट नवलपुरमा पनि बलात्कारको अर्को उजुरी परेको छ। सोही घटनामा सोधपुछ गर्नका लागि जोशीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images