होटेल स्नो ल्यान्ड पोखराद्वारा नियमित सञ्चालन गर्दै आएको कार्यक्रम “क्रस द बोर्डर“ को यस शृङ्खलामा नेपालको समग्र पुँजी बजार विषयमा छलफल गर्ने तयारी भएको छ । फाल्गुन महिनाको २७ गते तय भएको सो कार्यक्रममा पुँजी बजारका लगानी कर्ता तथा व्यवसायी श्री अम्बिका प्रसाद पौडेल ज्यूले, “शेयर बजारको चाल र लगानी व्यवस्थापन“ विषयमा आफ्नो धारणा व्यक्त गर्नेछन् ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यामा निर्वाचित भए पश्चात अम्बिका प्रसाद पौडल पूंजीबजार फोरमको सभापति जिम्मेबारीमा छन् । शेयर बजारमा चर्चित पौडेलले आफ्नो उपस्थिाति पुर्वाधार, पर्यटन, उर्जा लगायतका विभिन्न क्षेत्रहरुमा पनि विस्तार गरिसकेका छन् ।
पुँजी बजारमा करिब २८ वर्ष विताइसकेका पौडेल नेपाल टेलिकमदेखि विभिन्न क्षेत्रका कम्पनीहरुको संचालकको जिम्मेबारमिा पनि छन् । नेपाल सरकारको निजामती सेवामा शाखा अधिकृत भएर करिब ११ वर्ष सेवा गरेका पौडेल पुर्ण रुपमा शेयर बजार प्रबेश गरेसंगै शेयर लगानीकर्ता मात्र सिमित नभई एक उद्यमी नै बनिसकेका छन् । होटेल स्नो ल्यान्ड पोखराले विगत लामो समयदेखि आयोजना गर्दै आइरहेको सो कार्यक्रम विगत केही समय यता कोभिडका कारण स्थगन भएको थियो ।
आउँदो शुक्रवार आयोजना हुन लागेको सो कार्यक्रम दिउँसो ४ बजे देखि ६ बजेसम्म बाराही चोक स्थित होटेलको सभाहलमा सञ्चालन गरिने छ । कार्यक्रममा सहभागी निःशुल्क भएकोले नेपाली शेयर बजार बारे जानकारी लिन ईच्छुक सम्पूर्णलाई कार्यक्रममा सहभागी हुन होटेलले आर्वहन समेत गरेको छ ।























