images
images
  • एमसीसीकाे साइड इफेक्ट: माओवादी महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी छाडे

    महोत्तरी-  माओवादी केन्द्र महोतरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागकाे घोषणा गरेका छन्।

    एमसीसी पारितकाे विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले अन्तत: पार्टी नै परित्याग गरेका हुन् ।

    अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन् ।

    एमसीसीकाे विपक्षमा रहेकाे माओवादी केन्द्रले अन्तत: सदनबाट पारित गराउन सहमति जनाएकाे थियाे । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीकाे एउटा खेमा विराेधमा छ ।

    IMG 20220309 WA0000 1.jpg 1

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images